१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउन, वार्षिक पाँच अर्ब आम्दानी


0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ ।

यसअघि पर्यटन मन्त्रालयले निगमलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भन्दै नवीकरण नगर्ने जनाउ दिँदै आएको थियो ।

तर, अन्तिम समयमा आएर प्राधिकरणले पाँच वर्षका लागि पुनः निगमलाई नै दिएको हो ।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको आर्थिक अवस्था कमजोर भएको भन्दै स्वतः समय थप गरेको प्राधिकरणले निगमलाई नै स्वतः म्याद थप गरेको हो ।

हिमालय एयरलाइन्सलाई ‘सेल्फ’ ग्राउन्ड ह्यान्डलिङ सेवामार्फत पर्यटन मन्त्रालयले ग्राउन्ड ह्यान्डलिङ सेवा निगमबाट खोस्ने कोसिस गरेको थियो ।

सरकारले संकटको समयमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पर्ने गरी पूर्वाधार नै खडा नगरिसकेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिन लागिएको भन्दै निगम नेतृत्वले विरोध गर्दै आएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा एयरलाइन्सले उडान गर्छन् । जसमा विगतमा ४० वर्षअघिदेखि नै थाई एयरवेज र एयर इन्डियाले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् ।

त्यसयता दर्जनौँ एयरलाइन्सले उडान गरे तापनि त्यसको व्यवस्थापन निगमले गर्दै आएको थियो ।

निगमले वार्षिक पाँच अर्ब रुपैयाँ ग्राउन्ड ह्यान्डलिङबाट आम्दानी गर्दै आएको छ ।

वायुयानको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार निर्णय गरिएको भन्दै अनुमति जारी गरिएको थियो ।

४० वर्षयता अन्य कुनैलाई दिनुनपर्ने, निगमले राम्रै सेवा दिइरहेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त हुने आम्दानीको १५ प्रतिशत प्राधिकरणलाई दिने गरेको छ ।

निगमले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबाट आएको कुल आम्दानीको १५ प्रतिशत रकम प्राधिकरणलाई तिर्नुपर्छ ।

कुल आम्दानीको ४० प्रतिशतभन्दा बढी निगमलाई फाइदा छ ।

निगमलाई यसअघि प्राधिकरणले बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङको सेवा सञ्चालनका लागि संरचना बनाउन अनुमति दिइसकेको छ ।