
एजेन्सी । चीनको संसद्ले हङकङको निर्वाचन प्रणालीलाई नियन्त्रण गर्न सक्ने विवादस्पद प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै चीनले हङकङमाथिको आफ्नो नियन्त्रणलाई अझ बढाउने भएको छ ।
बिहीबार चीनको संसद नेशनल पिपुल्स कांग्रेसमा ‘देशभक्त शासित हङकङमा’ प्रस्ताव पारित गरिएको हो । प्रस्तावमा हङकङलाई आफ्नो नियन्त्रणमा लिन खोजिएको छ भने बेइजिङ समर्थन प्यानललाई ‘देशभक्त’ उम्मेद्वार छान्ने अनुमति हुन्छ ।

संसद् पेश भएको यो प्रस्ताव यसअघि नै पारित हुने अनुमान गरिएको थियो । प्रस्तावको पक्षमा २८ सय ९५ भोट पर्दै सर्वसम्मतले प्रस्ताव पारित भएको छ । प्रस्ताव पारित भएसँगै अब कानुनको मस्यौदा तयार गरी केही महिनाभित्रै हङकङमा लागू गरिनेछ ।
गतवर्ष संसद्ले एक विवादास्पद राष्ट्रिय सुरक्षा कानुन पारित गरेको थियो । उक्त कानुनले हङकङको स्वायत्ततलाई कम गर्दै प्रदर्शनकारीहरुलाई सानो विषयमा पनि सजाय दिने व्यवस्था गरिएको थियो । गतवर्ष यो कानुन लागू भएपछि अहिलेसम्म सैयौं मानिसहरु पक्राउ परसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्