
एजेन्सी । म्यान्मारका सैन्य शासकहरूले नेतृ आङ सान सूकीले गैरकानुनी रूपमा छ लाख डलर र सुन स्वीकार गरेको आरोप लगाएका छन् ।
फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूकी र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन । सेनाले सूकीलाई अज्ञात स्थानमा राखेको छ ।
सूकीमाथि रेडिओ उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भङ्ग गरेको तथा नागरिकमा डरत्रास फैलाइएको आरोप पनि लगाइएको छ । सूकीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ ।
म्यान्मारमा कूको विरोधमा प्रदर्शन जारी छ र बिहीवार कम्तीमा सात जना मारिएपछि मृतकको कुल सङ्ख्या ६० नाघेको छ।
प्रतिक्रिया दिनुहोस्