१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आराध्यदेवको पूजा–आराधना गरी महाशिवरात्री मनाइँदै, पशुपतिमा दर्शनार्थीको घुइँचो (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरूमा शिवको पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । हेर्नुहोस् स्थलगत रिपोर्ट–