२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टा बन्द हुने


0
Shares

काठमाडौं । मुग्लिन-नारायणगढ सडक शुक्रबार साढे ४ घण्टाका लागि बन्द गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार बिहान साढे १० बजेदेखी दिउँसो ३ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो रोकथामको काम भएरहेको छ ।

पहिरो राकथामको काम गत २३ गते आइतबारदेखि सुरु भएको हो ।