
काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको जसपाको संसदीय दल बैठकलाई महत्वका साथ हेरिएको छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बताइएको छ । बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुनेछ।
जसपाले आफ्नो पार्टीका सांसदलाई यसअघि नै संसदीय दलको विधान अध्ययनका लागि दिएको थियो । जसका विषयमा आजको बैठकमा आआफ्ना धारणा प्रस्तुत गर्ने र विधान पारित गर्ने जसपाको तयारी छ ।
यो सँगै संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने जसपाले जनाएको छ । गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी जसपा बनाइएको हो । त्यसयता संसदीय दलको नेता चयन भएको छैन ।
प्रतिक्रिया दिनुहोस्