२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


टिकटकका कारण सडक बन्यो भाइरल


26
Shares

राकेश बस्नेत / शंकर खनाल

दाङ । पछिल्लो समय सामाजिक सञ्जालमा टिकटक चर्चित हुँदै गएको पाइन्छ । सामाजिक सञ्जालले गर्दा धेरै कुराहरु भाइरल भइरहेको पाइन्छ ।

प्रायजसो अहिले सबैको मोबाइलमा टिकटक हेर्न पाइन्छ र टिकटक बनाउने र टिकटकमा रमाउनेको युवायुवतीको संख्या त झनै बढ्दै गएको छ । टिकटक बनाउनेको भिडका कारण दाङमा हिजोआज सडकनैं भाइरल भएको छ । जुन सडकमा टिकटक बनानउनकै लागि युवायुवतीहरु मरिहत्ते गर्छन् । यो सडकमा टिकटक बनाउनको लागि टाढा टाढाबाट युवायुवतीहरु यहाँ आउन लालयित हुन्छन र यसरी टिकटक बनाउनमै भुल्छन र रम्छन पनि । त्यसो त भाईरल सडक हेर्नकै लागि तन्नेरी र बुढापाकाहरु पनि यहाँ पुग्ने गरेकाछन् ।

एक हप्ता यता यो दाङको घोराही उपमहानगरपालिका १० नारायणपुर देखि रोल्पाको होलेरी जोड्ने सडकलाई एकछिन पनि फूर्सद छैन । टिकटक बनाउन युवायुवतीहरुको तछाडमछाड देख्न सकीन्छ । गाडि गुड्ने सडकमा यसरी नाच्ने नाच्दाछन, गाउँने गाउँदा छन् अनि रमाउनेहरु टिकटक बनाउन अभिनय गरीरहेको देख्न सकीन्छ ।

कम्ती रमाईलो छैन महौल । हेर्नेहरुलाई नि अचच्मै लागि रहेको हुन्छ गाडि गुड्ने सडकमा बनाएको टिकटक एकाएक कसरी भाईरल बन्यो ? अहिले घोराही नारायणपुर देखि सिमलकुटी सम्म झण्डै ९ किलोमिटर सडक कालोपत्रे भएको छ । उक्त सडक अन्र्तगत पनि यो घोराहीको झुम्केटाडी निकै भाइरल भएको छ ।

खुलेको मौसममा समतलभूभागबाट देखिने वरीपरीको हिमालको दृष्य, अनि यस्तो नागबेली सडक नियाल्न पाउँदा कसको पो मन न रमाउला र ? भिडियो बनाउनेहरु बनाउदा छन् । सडकमा सुतेर टिकटकमा रमाउनेहरु रमाउदाछन अनि क्यामरामा आफ्नो तस्वीर कैद गर्नेहरु आतुर देखिन्छन । हेर्दा गाडि गुड्न भन्दा पनि टिकटककैलागि यो सडक बनाइएको हुनुपर्छ ।

त्यसो त यो ठाउँमा यति धेरै चहल पहल भएपछि स्थानियहरु पनि अचम्म परेका छन । सडक कालो पत्रे र नागबेली भएकाले पनि एकछिन गाँडि रोकेर टिकटक बनाउन जो कोहि आतुर देखिन्छ । अरु दिन भन्दा पनि शनिबार र विदाको दिन टिकटक बनाउन पालो पाईनसक्नु हुन्छ यहाँ ।

सडकमा यसरी टिकटक बनानउनेको होडबाजी र चहल पहल बढेसंगै दुर्घटना जोखिम पनि उत्तिकै बढेको देखिन्छ । सडक निर्माण सम्पन्न भएको ३ महिना नबित्दै टिकटक भिडियोको कारण सडक भाईरल हुँदा यहाँ आउने आन्तरिक पर्यटकको पनि भिड लाग्न थालेको छ ।

जसको कारण पर्यटकीय दृष्टिकोणले पनि यो ठाउँको बिकास हुने देखिन्छ भने भाईरल भएको यो सडकले स्थानीयलाई केहि आशा जगाएको पनि देखिन्छ । यस ठाउँको पर्यटकीय बिकासको लागि स्थानीय निकाय तात्नु पर्ने देखिन्छ । त्यसैले पनि स्थानिय स्तरमा मात्र हैन देशब्यापी रुपमै आकर्षणको रुपमा रहेको यो सडकमा टिकटक बनाउन तपाँई पनि जाने होकी ?