
डडेल्धुरा । डडेल्धुराका आरन व्यवसायीहरुले परम्परागत पेशालाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिएका छन् ।
आरन व्यवसायीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले सीप विकास तालिम प्रदान गरेपछि यहाँका आरन व्यवसायीहरुले आफ्नो पेशालाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिएका हुन् ।
पुख्र्यौली पेशाको दिगोपनका लागि यहाँका युवाहरुलाई आरन सीप विकास तालिम प्रदान गरिएको हो । तालिमबाट उत्साहित भएका युवाहरुले काम गर्न सहज भएको र यसलाई आधुनिकीकरण गर्नु पर्ने माग गरेका हुन् ।
आरन व्यवसायीहरुलाई थप श्रोतसाधन र प्रविधिको आवश्यकता रहेको उनीहरुको भनाइ छ । व्यवसायीहरुले हसिया, खुकुरी, चुलेसी, कुटो, कोदालो, खाना पकाउने विभिन्न भाँडालगायतका कृषिजन्य औजार र मन्दिरमा चढाइने पूजाका विविध सामग्रीहरु बनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्