१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनिश ओकिलीको ‘उडायो’ सार्वजनिक


0
Shares

काठमाडौं । गायक अनिश सापकोटा ‘अनिश ओकिली’को नयाँ गीत ‘उडायो’ सार्वजनिक भएको छ । अनिश आफ्नै शब्द संगीत रहेको गीतमा राजन इशानको एरेन्ज रहेको छ।

बिजेश पौडेल र राजन ईशानको निर्देशनमा तयार भएको गीतमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेत लगायतका कलाकार फिचर‍ छन् । संजय लामाले खिचेको भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी छ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गर्ने कार्यक्रममा शुभकामना दिन योगेश्वर अमात्य, जेम्स प्रधान, सत्यराज आचार्य, स्वरुपराज आचार्य, राजनराज शिवकोटी लगायत पुगेका थिए ।