१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुतिरहेकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ


0
Shares

बझाङ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

बुङ्गल नगरपालिकाका ४४ वर्षीय पुरुषमाथि फागुन २७ गते राति ११ बजे कोठामा सुतिरहेकी छोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । उनले मदिराको सेवन गरी करणी गरेको प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काले जानकारी दिनुभयो ।

आरोपलाई फागुन २७ गते विथ्थडचिर गाउँपालिकाबाट पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।