८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पार्टीमा ओलीको बलमिचाइँ


0
Shares

काठमाडौं । संविधान कुल्चिएर प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानलाई बेवास्ता गदै एकताबद्ध हुन लागेको आफ्नै पार्टीभित्र बलमिचाइँ थालेका छन् ।

यसको सुरुवात उनले आफ्ना पक्षीय केन्द्रीय सदस्यहरुको एकलौटी भेला बोलाएर नवौं महाधिवेशनपछि चयन भएका आफूइतरका विभागीय प्रमुखहरुलाई जिम्मेवारीबाट हटाएर गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको केन्द्रीय सदस्यहरुको भेलामा प्रधानमन्त्री ओलीले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाउनु भएको छ ।

यस्तै उहाँले मओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको जानकारी पनि आफूपक्षीय केन्द्रीय बैठकमा गराएका छन् । ओलीले चैत १ गते हुने भनिएको एमाले केन्द्रीय कमिटि बैठकको तयारीका लागि भन्दै आफूपक्षीय केन्द्रय सदस्यहरुलाई बालुवाटार बोलाउनुभयो । कान्तिपुर