
काठमाडौं । अमेरिका, भारत, अष्ट्रेलिया र जापानले सन् २०२२ को अन्त्य सम्ममा एशियामा १ अर्ब भन्दा बढी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आर्थिक सहायता गर्ने प्रतिवद्धता जनाएका छन् ।
चार शक्तिशाली राष्ट्रहरुको समूह क्वार्डको सम्मेलनमा ती राष्ट्रहरुले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । ती राष्ट्रहरुले खोप निर्माण, वितरण क्षमता विस्तार र आर्थिक सहयोगका लागि प्रतिवद्धता जनाएका हुन् ।
दक्षिणपूर्वी एशियामा चीनमा उत्पादन भएको खोपको प्रभाव बढेको भन्दै ती राष्ट्रहरुले एशियामा आफूहरुले निर्माण गर्ने खोप वितरण गर्न सहमति जनाएका हुन् । एशियासहित विश्वभर चीनको खोप कुटनीति बलियो बन्दै गएको भन्दै ती राष्ट्रहरुले खोपमा भएको चीनको एकाधिकार तोड्न सहमति जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
यी राष्ट्रहरुमध्ये भारत सबैभन्दा धेरै खोप उत्पादन गर्ने राष्ट्र हो । केही दिअघि भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगालले चार राष्ट्रले आफ्नो स्रोत साधनको प्रयोग गरेर खोप उत्पादन, भण्डारण र वितरण क्षमता बढाउन सहमति भएको बताएका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्