
काठमाडौं । रसियाले अफगानिस्तानको शान्ति प्रक्रिया पूरा गर्न तालिवानीहरुलाई पनि अन्तरिम सरकारमा समावेश गराउनुपर्ने जनाएको छ ।
अफगानिस्तान सरकार र विद्रोहीबीच जारी शान्ति वार्तालाई सफल बनाउन मस्कोमा आयोजित सम्मेलनमा रसियाले आगान समूहर्लाइ विश्वासमा लिने वातावरण तयार गर्न आफगानिस्तानलाई आग्रह गरेको हो ।
मस्कोले यही मार्च १८ मा वार्ताका लागि अफगानिस्तानमा सर्वपक्षीय सम्मेलनको आयोजना गर्ने भएको छ । सो सम्मेलनमा तालिवानी प्रतिनिधिलगायत का विभिन्न संघसंस्थालाई आमन्त्रण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सम्मेलनले अफगानिस्तानमा जारी द्वन्द्व समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अफगानिस्तानमा रहेका विदेशी सेना आगामी मे १ भिध स्वदेश फिर्ता गराउने वार्ताको मुख्य लक्ष्य रहेको बताइएको छ । यस्तै तालिवानीहरु सम्मिलित नयाँ सरकार गठन गरेर निर्वाचनमा जाने प्रस्ताव तयार भएको बताइएको छ । तर उक्त प्रस्ताव मान्य नहुने राष्ट्रपति असरफ घानीले संक्रमणकालीन अवस्थामा विद्रोही सम्मिलित सरकार गठनको सम्भावना नरहेको बताउँदै आएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्