
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । हिजो नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा यसबाट उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् । बैठकमा हिजो नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा छलफल हुने छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षीय नेतालाई गरेको कारबाहीपछिको अवस्थाबारे समेत छलफल हुने बताइएको छ । साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारे समेत निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्