
काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति कार्यान्वयनले उद्योगीहरुलाई सहज भएको बताउनु भएको छ ।
उद्योग संगठन मोरङको ४८ औ वार्षिकसाधारण सभामा उहाँले उद्योगीहरुकै सहयोगले मौद्रिक नीति कार्यान्वयनमा आएको बताउनुभयो ।
उहाँले उद्योगीहरुको सहयोगिका रुपमा बैंकले अप्ठ्यारो अवस्थामा भूमिका खेलेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको सबैभन्दा ठूलो समस्या व्यापार घाटा भएको भन्दै सरकारले कृषि, औद्योगिक र सेवाका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।
उद्योगीलेहरु भने कोभिड १९ का कारण जर्जर अवस्थामा पुगेका उत्पादनमूलक उद्योगको पुनरूत्थानका लागि ५ प्रतिशत ब्याज दरमा ऋण प्रवाह गर्ने नीतिगत व्यवस्था गर्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्