
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी परित्याग गरेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारे छलफल गर्न बैठक बसिरहेको हो ।
माओवादी केन्द्रका २३ जना नेताहरु एमालेमा गएका छन् । साथै एमालेमा गएका नेताहरुलाई पार्टीमा फर्कन आग्रह समेत गरिएको थियो । हिजो मात्रै केपी ओलीले नेताहरुलाई पद जिम्मेवारी समेत सुम्पेका छन् ।
प्रतिक्रिया दिनुहोस्