१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार र निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न सक्दैन : आयल निगम


0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउनु भएको हो ।

आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण श्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबड गराउने उहाँले बताउनु भयो । निगमको आन्तरिक खर्च र ब्यबस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उहाँको भनाइ छ ।

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि उहाँले बताउनुभयो । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य १४ सय रुपैयाँ कायम गरेको छ ।