२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पौडेलले देउवालाई भने– ‘जसरी हुन्छ केपीलाई हटाउनुस्’


0
Shares

बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङले गरेको कार्यक्रममा बोल्दै नेता पौडलले जसरी पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन देउवालाई सुझाव दिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मेरो सभापतिलाई अहिलको परिस्थितिमा जे–जे भए पनि तपाईं प्रधानन्त्री बनेर हुन्छ वा अर्कोलाई बनाएर हुन्छ कि, जसरी हुन्छ केपीलाई हटाउनुस्, मेरो सुझाव त्यहि हो ।’

पौडेलले ओलीलाई हटाउन कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीको एकता हुने पनि जिकिर गर्नुभयो । ओली अराजक भएको र मुलकलाई दुर्घटनातर्फ धकेलेकाले मुलुक बचाउन साझा प्रयास आवश्यक रहेकामा उहाँको जोड छ ।

प्रधानमन्त्री ओलीलाई मुलुकप्रति कुनै माया नभएकाले जनताले लडेर ल्याएको लोकतन्त्र समाप्त पार्न उद्धत रहेको आरोपसमेत लगाउनुभयो । ओलीसँग नैतिक चरित्र नभएको भन्दै अदालतले संसद पुनःस्थापना गर्नासाथ राजीनामा दिनु पर्नेमा अहिलेसम्म पदमा बसिरहनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।