
एजेन्सी । फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि अवार्ड समारोहमा आफ्नो कपडा उतारेकी छन् । अभिनेत्रीले कोरोना महामारीको यस्तो समयमा सरकारले कला र संस्कृति बचाउन सरकारले पहल गर्नुपर्ने सन्देश दिएकी छन् ।
फ्रान्समा ओस्कार अवार्ड बराबरको मानिने सीजर अवार्ड कार्यक्रममा ५७ वर्षीया अभिनेत्री मासिरोले कपडा उतारेकी हुन् । कपडा लगाएरै मञ्च चढेकी अभिनेत्रीले त्यहाँ पुगेपछि कपडा उतारिएकी हुन् । फ्रान्समा कोरोना महामारीको कारण देखाउँदै पछिल्लो तीन महिनादेखि सिनेमाघर बन्द भएपछि कलाकारहरूले असन्तुष्टि पोख्दै आएका छन् ।

सीजर अवार्ड समारोहको आयोजकले मासिरोलाई ‘बेस्ट कस्ट्युम’ (फिल्ममा सबैभन्दा राम्रो पोशाक)को अवार्ड हस्तान्तरण गर्न बोलाएका थिए । तर आफ्नो कपडा उतारेर उनले सभामा बसेका सबैलाई चकित बताइदिइन् । उनले शरीरको पछाडिपट्टी डाढको भागमा लेखेकी थिइन्, ‘संस्कृति छैन त भविष्य पनि छैन ।’ उनले आफ्नो शरीरको अर्को भागमा ‘हामीलाई हाम्रोे कला फिर्ता दिनुस्, जिएन’ लेखेकी थिइन् ।

यस समारोह अघि पनि केही कलाकारहरूले सरकारसमक्ष यस्ता माग राखेका थिए । अभिनेत्रीको यस्तो प्रदर्शनको विश्वभर चर्चा भइरहेको छ । उनको प्रदर्शनपछि सरकारले यस विषयमा छलफल थालेको छ । यसअघि पनि कोरोनाको जोखिमका कारण लगाइएको प्रदर्शन कलाकारहरूको विरोधपछि खोलिएको थियो ।
प्रतिक्रिया दिनुहोस्