
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।
माओवादी केन्द्रका मुख्य सचेतक देवप्रसाद गुरुङले सरकारलाई दिएको समर्थन यथावत रहेको जानकारी दिनुभयो ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अन्य राजनीतिक दलहरूसँग वार्ता भइरहेकोले त्यसले निष्कर्ष ननिस्केसम्म समर्थन फिर्ता नलिने बताउनुभयो ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेका बेला एमाले नेता भीम रावल अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पेरिसडाडाँ पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्