
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माकुराले थापो जालोमा भैँसी नपर्ने बताउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै उहाँले माकुरारूपले धेरै जाल थाप्न कोसिस गरे पनि भैँसी र गैँडलाई त्यसको वास्तै नहुने बताउनुभयो ।
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै ओलीले आफूहरूले जेलनेत, भूमिगत, लडाईं, दमन, झेलेर आएको भएकाले माकुराकाको जालमा नपर्ने बताउनुभयो ।
‘कुनै मााकुराले जालोमा भैँसी पर्दैन,’ उहाँले भन्नुभयो, ‘अहिले पनि माकुराहरूले थुप्रै जालोहरू थापे, गैँडा सुरुसुरु अघि बढ्छ, त्यसले माकुराको जालो कहाँ छ पत्तै पाउँदैन ।’
जालो चुँडाएपछि माकुराहरूले जालो चुँडायो भनेर कराउन थालेको ओलीको टिप्पणी छ । ‘गैँडा हिड्दा जालो चुडिएपछि माकुरा ‘जालो चुँडायो, जालो चुँडायो, पाइँदैन, पाइँदैन’ भनेर कराउन थाल्छ,’ उहाँले भन्नुभयो, ‘तिनीहरूकाे जालो थाहै नपाइ चुडिन्छ त हामी के गरौं ?’
प्रतिक्रिया दिनुहोस्