२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देशमा जनतालाई हेर्ने हामीबाहेक अरु को छ ? गफ गरेर हुन्छ ?– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको विषयमा सोच्ने र जनतालाई हेर्ने आफ्नो पार्टीबाहेक अरू नभएको दावी गर्नुभएको छ ।

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दैै ओलीले आफ्नो पार्टीले समृद्ध नेपाल, सुखी नेपालको अभिभारा पूरा गर्ने दौडमा रहेको बताउँदै उहाँले आफूहरूबाहे अरुले जनतालाई नहेरेको जिकिर गर्नुभयो ।

‘यस देशमा जनतालाई हेर्न हामीबाहेक अरु को छ ? गफ गरेर हुन्छ ?,’ उहाँले भन्नुभयो, ‘२०५१ सालमा हामीले १ सय रुपैयाँमा सुरु गरेको सामजिक सुरक्षा भत्ता, अहिले त्यसलाई ५ हजार पुर्याउने हाम्रो लक्ष्य छ, ४ हजार त छिट्टै पुर्याउँछौं, जनतालाई हेर्ने कोही छ अरु ?’

‘लडाईंमा होमिएका युवाहरू घाइते, शहीद परिवार, काख रित्याएका आमाबाउ, अभिभावकविहीन भएका नानीहरू छन्,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘शस्त्रद्वन्द्वका सञ्चालकलाई त्यो सम्झनामा छ ?’ घाइते, शहीद र पीडित परिवारका पीडा आफूहरूले सुनेर मल्हमपट्टी लगाउन लागेको उहाँको तर्क छ ।

आफूहरू जनताको माया पाएको देखेर विपक्षीहरू रुन खोजेको ओलीले बताउनुभयो । एक भइरहेको पार्टी फुटाएर टालाटुलीको सरकार बनाउन पुष्पकमल दाहाल कुदेको उहाँको आरोप छ । ‘टालाटुली सरकार बनाउन कुद्या छ, प्रधानमन्त्री खाइदिनुस् भनेको छ,’ उहाँले भन्नुभयो, ‘अनि जनताले माया गरिदिनुपर्ने ?’