२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रमा नफर्किने ऊर्जामन्त्रीको स्पस्टोक्ति


0
Shares

काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पुनः माओवादी केन्द्रमा नफर्किने स्पस्ट पार्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएकै दिन मन्त्री रायमाझीले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्रले शनिबार एमालेको केन्द्रीय कमिटी मनोनित भएका आफ्ना सांसदलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको थियो ।

शनिबार सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले राजनीतिक विचार र एजेण्डा एमालेसँग मिलेकाले आफू एमालेमा नै रहने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले अहिलेको सरकारलाई निरन्तरता दिनुभन्दा वैकल्पिक सरकारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीको पदाधिकारी बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने आवाज उठेपछि अहिले कांग्रेस घनिभूत छलफलमा रहेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गरे फेरि पनि पार्टी एक हुन सक्ने बताउनुभयो ।

जसपा नेता लक्ष्मणलाल कर्णले आफूहरूको मागमा प्रधानमन्त्री सकरात्मक देखिएको भन्दै माग सम्बोधन भए सरकारमा सहभागी हुने बताउनुभयो ।