
एजेन्सी । कोरोना प्रकोप तीव्र फैलिइरहेको भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।
यो अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा लगाइएको खोप रहेको अधिकारीहरूले बताएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।
खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।
उता ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् ।
यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए । ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल १ करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्