
काठमाडौं । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्यरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अीवीकार गरेको छ।
धनुषाको धनुषधाम ४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका थिए । त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो।
तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो । मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव बन्धक बनाएर राखेको बताउनुभयो । पैसा नबुझाएका कारण शव हेर्नै नदिएको उहाँको भनाइ छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारबाफत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन् । टाउको शल्यक्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको माधुरीले बताउनुभयो । अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस्