२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


म्यान्चेस्टर सिटी विजयी


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फुल्हमलाई ३–० ले हराएको छ । गएराति फुल्हमको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन जोन स्टोन्स, ग्याब्रियल जिसस र सर्जियो अगुएरोले एक एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलको तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग १७ अंकको अग्रता लिएको छ । लिगमा ३० खेलबाट सिटीको ७१ अंक भएको छ भने २८ खेल खेलेको युनाईटेडको ५४ अंक छ ।

लिगकै अर्को खेलमा चेल्सीलाई लिड्स युनाईटेडले गोलरहित बराबरीमा रोक्दा बर्न्लेद्वारा एभर्टन २–१ ले पराजित भएको छ । गएराति भएको अर्को खेलमा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई १–० ले हराएको छ । एजेन्सी