
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पु¥याएपछि माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठकमा पार्टीको नाम, आगामी रणनीति, नयाँ सरकार गठनका लागि अन्य दलहरुसँगको समिकरण र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्री र एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका २३ जना नेताहरुलाई कारवाही गर्नेलगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा पार्टीको आगामी रणनीति, नयाँ कार्यविभाजन र महाधिवेशनको तयारीका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्