१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एस्ट्राजेनेकाले उत्पादन गरेको खोपले रगतमा कुनै समस्या नदेखाएको अधिकारीहरुको दावी


0
Shares

काठमाडौं । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले खोपको बारेमा आएका समाचारका खण्डन गरेको छ । आफूले निर्माण गरेको कोरोनाको खोप लगाएका व्यक्तिको रगत जम्ने समस्या आएको भन्ने समाचारको उक्त कम्पनीले खण्डन गरेको हो ।

आफुले निर्माण गरेको खोप बेलायतलगायत विश्वभर प्रयोगमा आइसकेकाले खोप लगाएका व्यक्तिलाई गम्भीर समस्या नभएको कम्पनीले दावी गरेको छ । केही राष्ट्रले उक्त खोप लगाएपछि धेरै मानिसमा स्वास्थ्य समस्या आएको भन्दै प्रतिवन्द लगाएसँगै एस्ट्राजेनेकाले उक्त भनाइको खण्डन गरेको हो ।

एस्ट्राजेनेकाले विश्वका धेरै राष्ट्रमा आफूले निर्माण गरेको खोप प्रयोग भइरहेकाले रगतमा देखिने जोखिमका कुनै ठोष प्रमाण फेला नपरेको दावीसमेत गरेको छ । सो कम्पनीको खोप लगाएपछि विभिन्न समस्या आएको भन्दै आयरल्याण्ड, डेनमार्क, नर्वे, आइसल्याण्ड र नेदरल्याण्डलगायतका मुलुकले थप समस्या आउन नदिने भन्दै एस्ट्राजेनेकाको उत्पादनको प्रयोगमा रोक लगाएका छन् ।

यता युरोपेली मेडिसिन एजेन्सीले खोप लगाएपछि स्वास्थ्यमा ती समस्या आएको भन्ने ठोष प्रमाण फेला नपरेको दावी गरेको छ । यद्धपी कम्पनीले थप परीक्षण र अध्ययन भने जारी राखेको जनाएको छ । अक्सफोर्ड विश्वविद्यालयको सहयोगमा विकास गरिएको एस्ट्राजेनेका खोप युरोपियन युनियन र अन्य धेरै मुलुकहरुमा प्रयोग भएको थियो । तर अमेरिकाले भने अझै सो कम्पनीको खोप प्रयोग गरेको छैन । एजेन्सी