१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

सभामुख सापकोटाले भोली बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न दिउँसो २ बजे समितिको बैठक बोलाउनुभएको हो ।

प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

बैठकमा नेकपा एमाले,नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका प्रतिनिधिलाई बोलाएको छ ।

संसद पुर्नस्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते बसेको थियो भने दोस्रो बैठक फागुन २६ गते बसेको थियो ।

पहिलो बैठक सत्तारुढ दलकै सांसदहरुले बहिष्कार गरेका थिए भने प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएका अध्यादेश पेश गर्नेक्रममा विरोध र नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

फागुन २६ गते बसेको दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो बस्दैछ ।