८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ट्रान्सफर्मर पड्कँदा ६ जना घाइते


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, साउन ८ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किएर करेन्ट लाग्दा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठकाअनुसार मंगलबार मध्याह्न १२ बजेतिर हाइभोल्टेज आएर ट्रान्समिटर पड्कँदा स्थानीय ६ जना घाइते भएका भएका हुन् ।

घाइते हुनेहरुमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ वर्षीया रुपा परियार, मनीषा परियार, पुतली परियार, ममता परियार र विमल परियार रहेका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर, उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जनाइएको छ ।

ट्रान्समिटर पड्किएर देउपुरका पाँच घरमासमेत क्षति भएको छ ।

उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ भएको छ ।

ट्रान्समिटर पड्किएपछि उक्त क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि नयाँ ट्रान्समिटर परिवर्तन गर्न पहल भइरहेको विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।