
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको छलफल निष्कर्षविहीन भएको छ । ४ महिनापछि बसेको बैठकमा दुवै पक्षले आ–आफ्ना अडानहरु राखेपछि छलफल निष्कर्षमा पुग्न नसकेको हो ।
अध्यक्ष ओली पक्षले पार्टीमा आउनका लागि विभिन्न पक्षबीच छलफल गर्नुपर्ने बताउँदा नेपाल पक्षले फागुन २८ गते बालुवाटारमा भएको ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकमा भएका निर्णय रद्द गर्नुपर्ने अडान लिएका छन् । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेताहरूले दुवैले आ–आफ्ना प्रस्तावहरु राखेको जानकारी दिएका छन् । उनीहरुले पहिलो बैठकबाटै सम्पूर्ण विषयको समाधान ननस्किने बताउँदै अनौपचारिक संवादलाई जारी राख्ने बताएका छन् ।
नेताहरुले आफूहरुबीच खुलस्त छलफल भएको र साझा अवधारणा निर्माण गरेको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्रका अन्तरविरोधहरुलाई समाधान गर्दै जाने र सम्पूर्ण बामपन्थीलाई एकतामा जोड्दै अघि बढ्ने विषयमा पार्टीक सम्पूर्ण नेताहरु एक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पार्टीको अन्तर्विरोधलाई समाधानका लागि सोमबारको बैठकलाई सुरुवात भन्दै अनौपचारिक छलफललाई निरन्तरता दिइने स्पस्ट पार्नुभयो ।
सर्वोच्च अदालतले एकता भएर बनेको नेकपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेललाई दिँदै नेकपा एमाले र नेकपा माओवाली केन्द्र व्यूँताइदिएसँगै नेकपा एमालेमा विवाद चर्कँदो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा आफूनिकटका केन्द्रीय सदस्य बोलाएर माधव नेपाल पक्षका सम्पूर्ण नेताहरूको जिम्मेवारी खोस्दै माओवादीबाट एमालेमा प्रवेश गरेकाहरूलाई जिम्मेवारी तोक्नुभएको थियो ।
यस्तै उहाँले नवौं महाधिवेशनबाट चुनिएर आएका अध्यक्ष र महासचिव बाहेकक सम्पूर्ण पदहरू खारेज गरेको निर्णय लिनुभएको थियो । सोही निर्णयपछि नेपाल समूहले पनि समानान्तकर कमिटी गठन थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्