१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


घरेलु हिंसाले आत्महत्यातर्फ धकेल्दै


0
Shares

काठमाडौं । एक साताअघि दैलेख राकमकी सुकी बडुवालले चार छोराछोरीसहित कर्णीलीमा बर्सेनि थुप्रै महिलाले घरेलु हिंसा सहन नसकेर देहत्याग गरिरहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक केलाउँदा कर्णीलीमा महिलामाथि हुने हिंसाको डरलाग्दो चित्र देख्न सकिन्छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ यता ३ सय ७९ महिलाले आत्महत्या गरेका छन् ।

पछिल्लो दुई वर्षको विवरण स्पष्ट नभए पनि २०७३/७४ र २०७४/७५ मा मात्र १ सय ५७ जना महिलाले घरेलु हिंसाकै कारण आत्महत्या गरेको कार्यलयको विवरणमा उल्लेख छ ।

कार्यालयका प्रवत्ता एसएसपी अर्जुन चन्दका अनुसार अधिकांश महिलाले आत्महत्या गर्ने प्रमुख कारण घरेलु हिंसा हो । ‘गरिबी, बेरोजगारी, मदिरा सेवनजस्ता कारण महिला घरेलु हिंसाको सिकार हुने गरेका छन्,’ उहाले भन्नुभयो ‘महिलामाथि अनेकखाले लाञ्छना लगाउने, कुटपिट गर्ने कारणले आत्महत्या गर्न बाध्य बनाउँछ ।’ पछिल्लो ५ वर्षमा कर्णीलीमा ५ हजार १ सय ९४ वटा घरेलु हिंसाका घटना प्रहरीसम्म पुगेको उहाँले बताउनुभयो । कान्तिपुर