१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लिभरपुलद्धारा वुल्भरह्याम्पटन पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराएको छ ।

वुल्भरह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुलाई विजयी गराउन डिएगो जोटाले निर्णायक गोल गरे ।

खेलको क्रममा वुल्भरह्याम्पटनका पोर्चुगीज गोलरक्षक रुइ प्याट्रिसियो गम्भिर घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेर वेहास भएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो । आफ्नै टोलीका कप्तान कोनोर कोडीसँग ठोक्किएपछि प्याट्रिसियो घाइते भएका थिए ।

उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको क्लबका प्रशिक्षकले जनाएका छन् ।

यो खेलपछि लिभरपुलले प्रिमियर लिगको शिर्ष चारमा फर्कने संभावना जिवित पारेको छ ।

लिगमा २९ खेलबाट ४६ अंक जोडेको लिभरपुल तालिकाको छैटौं स्थानमा रहेको छ । उ चौथो स्थानको चेल्सीभन्दा ५ अंकले पछाडि छ ।

३० खेलबाट ७१ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ५७ तथा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ ।