
फाइल तस्बिर
काठमाडौं । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।
प्याराग्लाइडिङ दुर्घटनामा परी धादिङ नीलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय सैनिक जवान राजाराम मगरको मृत्यु भएको हो । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका मगरको उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएको थियो। मगर सेनाको कालीजङ्ग गणमा कार्यरत हुनुहुन्थ्यो । सैनिक अस्पतालमा रहेको मृतकको शव परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्