१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडेनलाई जोङको चेतावनी, ‘चार वर्ष राम्ररी सुत्ने भए कोरियामा बारूदको गन्ध नफैलाउ’


0
Shares

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी छन् ।

आज सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरू भएको संयुक्त सैन्य अभ्यासको विरोध गरिएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको अर्को दिन उत्तर कोरियाली शासककी बहिनीले यस्तो चेतावनी दिएकी हुन् ।

सोमबार जापान आइपुगेका ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ताका लागि भोलि दक्षिण कोरिया आउँदै छन् ।

उनीहरूले जापान र दक्षिण कोरियामा गर्ने उच्चस्तरीय राजनीतिक कुराकानीको केन्द्रमा उत्तर कोरिया नै हुनेछ ।

उत्तर कोरियाका शासक उनसँग पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गरेका थिए । उनीहरूबीच कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने सहमति पनि भएको थियो ।