
दीपक श्रेष्ठ
काठमाडौं । काठमाडौंको तारर्केस्वर नगरपालिका वडा नम्बर ६ जरन्खु क्षेत्रमा तीनवटा रङ्गिन लुगा धुने कारखाना छन् । यो कारखानाबाट निस्कने रसायनयुक्त तरल पदार्थ जरन्खुको खोलामा सिधै मिसाइन्छ ।
यी उद्योग सञ्चालनमा नआउँदासम्म खोलाको पानी सफा थियो, माछा पनि प्रशस्त पाइन्थे । जब कारखानाको रसायन सिधै खोलामा मिसाइयो खोलाको रंग बदलिएको छ भने माछा देख्नै मुस्किल छ ।
एकातिर अभियन्ताहरु उपत्यकाका खोलानाला बचाउने भन्दै लाखौं खर्चेर सरसफाइ अभियानमा लागिरहेका छन् । अर्को तिर स्थानीय सरकार राजस्वको लोभमा मापदण्ड बिपरितका कलकारखाना सञ्चालनमा प्रोत्साहन गरिरहेको छ । नियमनको अधिकार पाएको स्थानीय निकाय राजस्वको लोभमा मापदण्ड विपरितका कलकारखाना सञ्चालन गर्न दिँदा त्यसले मानव स्वास्थ्यमा गम्भिर असर पारेको छ । उद्योग सञ्चालनमा लचक देखिएको नगरपालिका स्थानीयको विरोध पछि मापदण्ड विपरित काम गर्नेलाई कारबाही गर्छु भन्न भने छोडेको छैन् ।
करकारखानबाट निस्कने फोहोरमैला लगायत रसायन युक्त प्रदुषणको ब्यवस्थापन गर्ने जिम्मा सञ्चालकको हो । यो विषयमा हामीले तारकेश्वरको सिमराज प्रोसेसर्स प्रालिका सन्चालक चन्दन क्षेत्रीसँग जिज्ञासा राख्दा उहाँको प्रतिक्रिया यस्तो थियो ।
यसै पनि अत्याधिक मानविय चाप र सवारी साधनका कारण उपत्यकामा सास फेर्नै समस्या छ । यस्तोमा वातावरण प्रतिकुलका कलकारखानाको मनलाग्दी स्थापनाले मानवीय अस्तित्वमा नै असर नपार्ला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्