
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।
मंगलबार बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीमा कसैमाथि अन्याय नहुने बताउँदै भोलि र पर्सी माधवकुमार नेपाल पक्षले आयोजना गर्न लागेको गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । साथै उहाँले माधव समूहका नेताहरूलाई त्यस्ता भेलाको आयोजना नगर्न आग्रह गर्नुभयाे ।
‘गुटगत भेलमा सहभागी नहुनुस्, पार्टीमा कसैमाथि अन्याय हुँदैन,’ उहाँले भन्नुभयो, ‘हामीले ठूलो हृद्य बनाएका छौं, अपराध गर्नेहरूलाई पनि स्वागत छ त भन्दिन तर स्वीकार गर्छाैं हामी ।’ पार्टीमा आएर आत्मालोचना गर्दै सुध्रिएर काम गर्न चाहनेहरूलाई आफूहरूले स्वीकार गर्ने ओलीको भनाइ छ ।
यद्यपि उहाँले हिजोकै जस्तो तमासा, जगहसाइ गर्ने र सञ्चारमाध्यमहरूलाई बिजनेस दिने लगायतका विषयहरू पार्टीमा मान्य नहुने स्पस्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्