१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री राई हेलिकप्टर चार्टड गरेर ससुराली (तस्वीरहरू)


0
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई होलिकप्टर चार्टड गरेर ससुराली गाउँ पुग्नुभएको छ ।

मुख्यमन्त्री राई पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकास्थित सेदुवा र नोर्बु हेलिकोप्टर नै चार्टड गरेर जानुभएको हो ।

मुख्यमन्त्री पत्नी शेर्पाले आफ्नो फेसबूकमार्फत् जन्मस्थल पुगेको जानकारी गराउनुभएको छ । जन्मस्थल पुग्दा आफूलाई खुशी लागेको शेर्पाले फेसबुमा लेख्नुभएको छ, ‘म त जन्मिएकी मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ, सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो ।’

शेर्पाले जन्मस्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको उल्लेख गर्दै पति राईको ध्यानाकर्षण गराउनुभएको छ ।

सबै तस्वीर– जाङ्मु शेर्पाको फेसबुकबाट