
फाइल तस्बिर
काठमाडौं । अमेरिकी खोप कम्पनी मोडेर्नाले बालबालिका लागि खोप परीक्षण सुरु गरेको छ । ६ महिनादेखि १२ वर्ष उमेर समुहका बालबालिकामा मोडेर्नाले खोप परीक्षण सुरु गरेको हो ।
जसमा अमेरिका र क्यानाडाका ६ हजार ७ सय ५० बालिबालिकालाई सामेल गराइएको छ । यसअघि मोडेर्नाको यो खोप १८ वर्ष माथि उमेर समुहका किशोर किशोरीमा परीक्षण गरिएको थियो।
मोडेर्नाले नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्शन डिजिज र बायोमेडिकल एडभान्स रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटीको सहयोगमा खोप अभियान अघि बढाएको हो ।
परीक्षणका क्रममा आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकहरु उत्साहित भएको जनाइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्