
काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो ।
गएराति देखि नै जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि काँग्रेस केन्द्रीय सदस्यहरु समेतले श्रदाञ्जली दिएका थिए ।
परिवारले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नभएकोसमेत स्पष्ट पारेको छ ।
मृत्यु भएको हल्ला फैलिएपछि बुधबार अस्पताल र परिवारले प्रेस विज्ञप्ति जारी गर्दै जोशीको उपचार भैरहेको जानकारी दिनु परेको थियो ।
नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ । अस्पताल र पारिवारिक स्रोतले जोशीको स्वास्थ्य स्थिर रहेको बताएको छ ।
जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्