
म्याग्दी । बसन्त ऋतुको आगमनसँगै म्याग्दीका उत्तरी र पश्चिमी म्याग्दीका भीरहरुमा भीरमौरीका गोलाहरु छपक्कै देखिन थालेका छन् ।
म्याग्दीको लुलाङ, हिस्तान, चिमखोलालगायतका गाउँमा रहेका भीरमा भीरमौरीले गोला लगाएका छन् । मह शिकारीहरु पनि मह काड्न व्यस्त भएका छन् ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष भीरहरुमा धेरै गोलाहरु देखिएकाले यस वर्ष भीर महको उत्पादनमा वृद्धि हने मह शिकारीहरुले बताएका छन् । बसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । बसन्त ऋतुमा बेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्