१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनको मूल्य बढ्दा चाँदीको घट्यो


0
Shares

gold china

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ । स्थानीय बजारमा अघिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य बुधबार भने ३ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।