
काठमाडौं । उत्तरी तथा दक्षिणी दुवै मोहोडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला पत्रकारलाई विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरिएको छ ।
ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पत्रकार कल्पना महर्जनलाई पूर्व राष्ट्रपति रामवरण यादवले वल्र्ड बुक अर्फ रेकर्डस् युकेको विश्व कीर्तिमान प्राप्त प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
महर्जनले २०७५ जेठ ९ गते नेपाल र २०७६ जेठ ९ गते चीनतर्फबाट सगरमाथाको सफल आरोहण गर्दै विश्वकै पहिलो महिला पत्रकारको किर्तिमान राख्न सफल हुनुभएको हो ।
महर्जनले ललितपुर महानगरपालिका र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दुवैको १ सय वर्ष प्रवेश गरेको अवसरमा महागनरको झण्डा र जोशीको फोटो सगरमाथा शिखरमा फहराउनुभएको थियो ।
आरोहणमा महिला पत्रकार महर्जनले शिक्षाको माध्यमबाट वालविवाह रोकथाम अभियानको घोषणा पनि गर्नुभएको थियो । एक्सपिरियन्स आउटडोर नेपाल प्रा.लि.का रविन्द्र महर्जनले कीर्तिमानी आरोहणको संयोजन गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्