१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले संसदीय दलको बैठक बस्दै, नेपाल समूह सहभागी नहुने


0
Shares

काठमाडौं । नेकपा एमालेले आज विहान ११ बजेका बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ ।

झलनाथ खानल र माधव नेपाल समूहले पार्टीको निर्देशन विपरित समानान्तर भेला गरिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीेले बैठक बोलाउनुभएको हो ।

बैठकमा सूर्य चिह्नबाट निर्वाचन जितेका सबै सांसदहरुलाई आमन्त्रण गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो ।

दलको समेत नेता रहनुभएका ओलीले बैठक बोलाएर कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गर्ने बुझिएको छ ।

यता, एमाले उपाध्यक्ष भीम रावलले एमाले संसदीय दलको विधान नै नभएको बताउनुभयो । २०७४ फागुनमा एमाले संसदीय दल ठन भएपनि विधान नबन्दै माओवादी केन्द्रसँग एकता भएको थियो ।

तर संसदीय दलको विधान नभएको अवस्थामा नेपाल पक्षका सांसद तथा नेताहरुलाई कारबाही गर्न पार्टी विधानको साहारा लिने बुझिएको छ ।

अनुशासनको कारबाही गरी पार्टीबाट निकालेको खण्डमा सांसद पद स्वतः जाने राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा व्यवस्था छ ।

फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष र महासचिव बाहेक अरु पद खारेज गरेपछि समानान्तर गतिविधि गरिरहेको नेपाल समूहले दलको बैठकमा सहभागी नहुने बताएको छ ।

एमाले प्रचार विभाग प्रमुख समेत रहनुभएका नेपाल समूहका नेता योगश भट्टराईले एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भइने भएकाले आज बोलाइएको दलको बैठकमा सहभागी हुन नसकिने बताउनुभएको हो ।