१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खनाल–नेपाल समूहको राष्ट्रिय भेला आज सकिँदै


0
Shares

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय भेला आज सकिँदैछ ।

हिजोदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।

हिजो उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।

पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहार, संगठन र विचारमा दाबीसमेत गरेका छन् ।

खनाल–नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएको छ ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।