२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


उपकुलपति बन्न २१ जनाको आवेदन


0
Shares

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २१ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् ।

गत फागुन १६ गते तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि प्रतिष्ठानमा उक्त पद अहिले रिक्त रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डक्टर मंगल रावललाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपति जिम्मेवारी दिएको छ ।

आवेदन सँगै प्रतिष्ठानमा उपकुलपतिको पदमा नियुक्ति हुनेको प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यबाहक उपकुलपति डाक्टर रावल, निवर्तमान उपकुलपति प्राध्यापक डाक्टर वाग्ले, डीन डा.रेशम राना, रेक्टर निरेश थापा, डाक्टर सूर्यमान लिम्बू, प्राध्यापक डाक्टर तरुण पौडेल, डाक्टरर .राजीव साह, प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती, प्राध्यापक डाक्टर गेहनाथ बराललगायत २१ ले आवेदन दिएका छन् ।