
फाइल तस्वीर ।
एजेन्सी । उत्तर कोरियासँग सम्पर्क गर्ने प्रयास कयौँ पटक असफल भएको भन्ने अमेरिकी सरकारको दाबीलाई उत्तर कोरियाले अस्विकार गरेको छ ।
उत्तर कोरिया विदेश मन्त्रालयका प्रथम उपमन्त्री छो सोन होई ले अमेरिकाले आफ्नो शत्रुतापूर्ण नीतिबाट पछि नहटेसम्म कुनै जवाफ नदिने र अमेरिकाको घटिया चालको संज्ञा दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियालाई लिएर गलत प्रचारबाजी गरेको होइको आरोप छ ।
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री दक्षिण कोरियाको भ्रमणका रहेको बेला उत्तरको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिका र दक्षिण कोरिया दुबै देशले उत्तर कोरियाका कारण क्षेत्रीय खतरा बढाएको आरोप लगाएका छन् ।
यसअघि पनि नेता किमकी बहिनीले पनि अस्थीरताको कारक नबन्न अमेरिकालाई चेतावनी दिएकी थिईन ।
प्रतिक्रिया दिनुहोस्