
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजदेखि समानान्तर भेला सुरू गरेको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ ।
आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गदैहुनुहुन्छ । फागुन २८ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।
देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको यो समूहको भोलि युवा संघको भेला गर्दैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्