१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महान्यायाधिवक्ताले पत्रकार सम्मेलन गर्दै, राजीनामा विषय चर्चामा


0
Shares

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पत्रकार सम्मेलन गर्नुहुनेृ भएको छ । राजीनामाको चर्चा चलिरहेको समयमा खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

खरेलले राजीनामा दिइसकेको र त्यसको औपचारिक जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपा एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार खरेलले आजैदेखि लागू हुने गरी राजीना दिइसकेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारको बचाउ गर्नुभएका उहाँले त्यतिबेलै आफ्नो दायित्व सरकारको कदमको रक्षा गर्नुभएको बताउँदै आउनुभएको थियो । प्रतिनिधिसभा विघटनको समयमा बहस गर्दा उहाँको चर्को आलोचना भएको थियो ।

त्यतिबेलै खरेलले राजीनामा दिन खोजे पनि प्रधानमन्त्रीले मुद्दाको टुङ्गो लागेपछि मात्र राजीनाम दिन आग्रह गरेका उनीनिकट स्रोतको भनाइ छ ।