२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भोलिको बैठकमा वामदेव सहभागी हुने


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम भोलिको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुहुने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतम जानुहुने भएको हो । ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जान लागेको बताउनुभयो ।

गौतमले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरूलाई पनि भोलिको बैठकमा आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकमै केपी ओलीविरुद्ध लड्नुपर्ने उहाँको भनाइ छ ।

गौतम फागुन २८ गते बोलाइएको केन्द्रीय कमिर्टी बैठकम र बिहीबार बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुनुभएको थिएन । उसो त २८ गतेको बैठकको निम्तो पनि गौतमलाई दिइएको थिएन ।